काठमाडौं, कात्तिक २८ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आज शुक्रबार सिंगापुरबाट स्वदेश फर्किन लागेका छन्। देउवाका नजिकका एक नेताका अनुसार उनी आज बेलुकी नेपाल आइपुग्नेछन्।
सभापति देउवा १० कात्तिकमा पत्नी डा। आरजु राणा देउवासहित उपचारका लागि सिंगापुर गएका थिए। ‘जेनजी’ आन्दोलनका क्रममा देउवा दम्पतीमाथि भएको सांघातिक आक्रमणपछि उनीहरू उपचारमा रहेका थिए।
२४ भदौमा आक्रमणमा परेका देउवा दम्पती २८ असोजमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पहिलोपटक सार्वजनिक भएका थिए।
उक्त बैठकमा सम्बोधन गर्दै सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्न निर्देशन दिएका थिए।




