नेपाली कम्युनिस्ट पार्टी र जसपाले मंसिर ११ गते एकता गर्ने



काठमाडौं ,मंसिर ९ । नेपाली कम्युनिस्ट पार्टी र राजेन्द्र श्रेष्ठ संघीय परिषद अध्यक्ष रहेको जनता समाजावदी पार्टीबीच मंसिर ११ गते एकता हुने भएको छ।

नेपाली कम्युनिस्ट पार्टीका नेताहरूका अनुसार मंसिर ११ गते दिउँसो १ बजे राष्ट्रिय सभागृहमा पार्टी एकता सभा हुनेछ।



अशोक राई नेतृत्वको जसपा फुटाएर संघीय परिषद अध्यक्ष श्रेष्ठसहित केही नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा जान लागेका हुन्।

मंसिर ७ गते श्रेष्ठसहित नेताहरूले जसपा छाडेका थिए।

संघीय परिषद अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, रणध्वज लिम्बू (कन्दङ्वा), परशुराम बस्नेत, दुर्गामणी देवान, डा. पुष्पराज राजकर्णिकार, कृष्णबहादुर घजु नेपाली कम्युनिस्ट पार्टीमा जान लागेका हुन्।

प्रकाशित मिति: २०८२ मंसिर ९, मंगलवार ११:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको