रौतहट मा तीन सवारी एकआपसमा ठोक्किँदा ७ जना घाइते



ओम प्रकाश यादव
रौतहट, १६ मंसिर । रौतहट को यमुनामाई गाउँपालिका–४ अन्तर्गत आज बिहान तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।

दुर्घटनाले सडक किनारामा रहेको एक स्थानीय होटलसमेत क्षतिग्रस्त बनेको छ।

दुर्घटना बिहान करिब ७ बजे भएको र उद्धारमा पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटले प्रारम्भिक विवरण सार्वजनिक गरेको छ।

प्रहरीका अनुसार बडहर्वातर्फबाट अत्यधिक तीव्र गतिमा गुडिरहेको एचआर–२८–डी–७२२२ नम्बरको स्कार्पियो अचानक अनियन्त्रित बनेर चपुरबाट गौरतर्फ जाँदै गरेको विआर–०७–पिए–७५८४ स्कार्पियोमा ठोक्किएको थियो।

पहिलो ठक्करपछि गति घट्न नपाउँदै सोही स्कार्पियो सडक किनारामा पार्क गरिएको ना।२ह–६५२५ नम्बरको अटोमा एक्कासी ठोक्किँदा दुर्घटना थप भयावह बनेको प्रहरीले बताएको छ।

प्रकाशित मिति: २०८२ मंसिर १७, मंगलवार १२:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको