पटनाकी ऐश्वर्यालाई ‘मिस वाशिंगटन २०२५’ को उपाधी



एजेन्सी, मंसिर १९ । भारतको बिहार राज्यकी छोरी ऐश्वर्या वर्माले अमेरिकामा आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस इंडिया वाशिंगटन २०२५’ को उपाधी हात पार्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गरेकी छन्।

अमेरिकाको रेन्टनस्थित हयात रेजिडेन्सी लेक वाशिंगटनमा नोभेम्बर ३० मा सम्पन्न १३औँ वार्षिक ग्लोबल वुमन फेस्टिवल मा आयोजित यस प्रतियोगितामा व्यक्तित्व, वक्तृत्व, आत्मविश्वास र सामाजिक प्रभावजस्ता विभिन्न मापदण्डमा उत्कृष्ट प्रदर्शन गर्दै ऐश्वर्याले उपाधि हात पारिन्।



चार वर्ष अघि अमेरिका पुगेकी ऐश्वर्याले त्यहाँ स्नातकोत्तर अध्ययन पूरा गरेपछि पछिल्ला तीन वर्षदेखि एआई इन्जिनियरको रूपमा सफलतापूर्वक काम गर्दै आएकी छन्। प्रविधि क्षेत्रमा महिलाको सहभागिता र बालिका शिक्षाको पक्षमा सक्रिय रहेकी उनी महिलालाई प्रविधि क्षेत्रमा अघि बढ्न प्रेरित गर्दै आएकी छिन्।

उपाधि हात परेपछि ऐश्वर्याले खुशी व्यक्त गर्दै भनिन्, “यो जित बिहारकी सबै ती बालिकाहरूको हो, जसले ठूलो सपना देख्छन्। प्रविधि र नेतृत्वका हरेक क्षेत्रमा महिलाले आफ्नो स्थान बनाउन सक्छन्।”

यो राज्यस्तरीय विजयसँगै ऐश्वर्याले आगामी फेब्रुअरीमा न्यु जर्सीमा हुने ‘मिस इंडिया यूएसए २०२५’ राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएकी छन्। अब उनी वाशिंगटन राज्यको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा उत्रनेछिन्।

उनीको सफलताप्रति अमेरिकास्थित भारतीय समुदाय र भारतको पटना स्थित परिवारजन उत्साहित छन्। सामाजिक सञ्जालमा उनलाई बधाई दिनेहरूको ओइरो लागेको छ।

प्रकाशित मिति: २०८२ मंसिर १९, शुक्रबार ०९:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको