काठमाडौँ, मंसिर २१ । ८८राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)८८ले आगामी २१ फागुन हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार आवेदन खुला गरेको छ।
उम्मेदवार छनोट समितिका संयोजक विपिनकुमार आचार्यका अनुसार पार्टीका योग्यता पुगेका सदस्यहरूले आवेदन शुल्क २५ हजार रुपैयाँ तिरेर आवेदन दिन सक्नेछन्। इच्छुक उम्मेदवारहरूले पार्टीको मोबाइल एपमार्फत पनि आवेदन दिन सक्ने व्यवस्था छ।
आवेदन शुल्क तिर्न नसक्ने सदस्यहरूले विपन्नताको परिचयपत्र र सम्बन्धित पार्टी पालिका सिफारिसपत्र पेश गरेपछि आवेदन शुल्क मिनाहा हुनेरनहुने विषयमा अन्तिम निर्णय पार्टी केन्द्रीय सचिवालयले गर्नेछ।
रास्वपाले आफ्ना आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन इच्छुक सदस्यहरूलाई आजैदेखि आवेदन दिन आग्रह गरेको छ।




