विदेश नपठाएपछि पैसा फिर्ता माग्दा साथीले नै गोली हानेर युवकको हत्या



दाङ, मंसिर २२ । दाङको तुलसीपुर उपमहानगरपालिका–५ का २८ वर्षीय निरज चौधरीको गोली हानी हत्या भएको छ। घटना आइतबार बिहान ११ बजे ८८बर्दियाको राजापुर–४ स्थित “हमार थारु घर एण्ड रेस्टुरेन्ट”८८मा भएको हो।

बर्दिया प्रहरी प्रमुख एसपी सरोज पौडेलका अनुसार, प्रारम्भिक अनुसन्धानमा निरजलाई हत्या गर्ने मुख्य कारण विदेश पठाउने नाममा लगिएको पैसा फिर्ता माग्नु रहेको देखिएको छ। अनुसन्धान अनुसार, निरज र रेस्टुरेन्ट संचालकबीच पैसा फिर्ता माग्दा विवाद बढ्यो र त्यसै क्रममा गोली चलेको हो।



घटनापछि निरजलाई बाँकेको नेपालगन्जस्थित नरसिंङ होममा पुर्‍याइएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरे। मृतकको गालामा दुई तर्फ गोली लागेको प्रारम्भिक संकेत देखिएको छ। पोस्टमार्टम रिपोर्टले मात्र गोलीको वास्तविक अवस्था पुष्टि गर्नेछ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिइसकेको छ भने मुख्य अभियुक्त फरार रहेको जानकारी दिएको छ। फरार अभियुक्त नै रेस्टुरेन्ट संचालक रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

एसपी पौडेलका अनुसार, गोली प्रहारपछि आरोपीले निरजलाई तत्कालै अस्पताल पुर्‍याउन नदिई घाइते भएको देखाउँदै दुई जना अस्पताल पठाएको थियो। उनी नजिकको जिल्ला अस्पतालमा नभई नेपालगन्जको नर्सिङ होममा पठाए।

प्रहरीले रेस्टुरेन्टका कर्मचारीसँग पनि सोधपुछ गरेको छ। एक कर्मचारीले बताएअनुसार, निरज पैसा माग्न आइतबार त्यहाँ पुगेका थिए र विवाद बढ्दा आरोपीले बन्दुक तानेर ‘एक्सिडेन्टली’ गोली चलाएको बताएका छन्।

मृतकका अभिभावक भारतमा रोजगारीको खोजीमा रहेकाले उनीहरू आएपछि मात्रै पोष्टमार्टम प्रक्रिया पूरा गरिने प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: २०८२ मंसिर २२, सोमबार १३:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको