काठमाडौं ,मंसिर २३ । सरकारले शनिबारबाट लागू गरेको नयाँ भन्सार ऐनका प्रावधानमा असहमति जनाउँदै भन्सार एजेन्टहरूले आजदेखि काम रोकेको छ। यस कारण देशभरका भन्सार कार्यालयमा जाँचपास अवरुद्ध भएको छ र आयात–निर्यात प्रभावित भएको छ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख भिष्णु प्रसाद ज्ञवालीका अनुसार, भन्सार एजेन्टमार्फत गरिने कुनै पनि काम नभएको कारण व्यापारमा समस्या आएको छ। भन्सार एजेन्ट महासंघले केही समयदेखि ऐनका अव्यवहारिक प्रावधान, दण्ड–जरिवाना र पेशागत हकहित सुधार्न माग गर्दै आएका थिए।
महासंघका अध्यक्ष मधु पन्थीले भने, “लामो समयसम्म लबिङ गर्दा पनि सरकारले ध्यान नदिएकाले चरणबद्ध आन्दोलनअन्तर्गत पेनडाउन गर्नुपर्यो।” उनले सर्भर प्रणालीमा देखिने निरन्तर समस्या र अन्य असुविधालाई पनि आन्दोलनको कारणको रूपमा उल्लेख गरे।
यसबीच, भन्सार विभागले महासंघका प्रतिनिधिलाई वार्ताका लागि बोलाएको छ। भन्सार एजेन्टहरूले ऐनका प्रावधान सच्याएसम्म काम रोक्ने नीति जारी राख्ने जनाएका छन्।
यो पेनडाउनले अन्तर्राष्ट्रिय व्यापारमा असर पारेको छ र देशमा आयात–निर्यात संचालनमा अवरोध सिर्जना भएको छ।




