काठमाडौं ,मंसिर २३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ले डडेल्धुराबाट आउँदो निर्वाचनमा उम्मेदवार हुने इच्छा व्यक्त गरेका छन्। देउवाले आफ्नो अन्तिम चुनावी प्रतिस्पर्धा हुने र यसैपटक चुनाव मा उठ्ने कुरा समर्थकहरूलाई बताएका हुन्।
डडेल्धुराका कांग्रेस सभापति भीमबहादुर साउदले भने, सभापति देउवाले उम्मेदवार हुने इच्छा देखाएपछि सर्वसम्मत सिफारिस गर्ने तयारी रहेको बताए।
अघिल्लो साता देउवालाई भेट्न महाराजगञ्जस्थित निवास पुगेका सुदूरपश्चिमका एक केन्द्रीय सदस्यले पनि देउवाले चुनावमा उठ्ने बताएका जानकारी दिए। ती नेताले भने, “साथीहरूले तपाईं नै उठ्नुपर्छ भनेका छन्, म उठ्छु भन्नुभयो।”
मंगलबार बिहान देउवालाई भेट्न पुगेका नेविसंघका नेता भुवन भट्टले पनि सभापतिले अन्तिमपटक चुनावमा उठ्ने जानकारी दिएका बताए।
कांग्रेसले यसै महिनाको अन्त्यसम्म केन्द्रमा उम्मेदवार नाम सिफारिस गर्ने प्रक्रिया पूरा गर्नेछ। निर्वाचन क्षेत्रीय समितिले प्रदेश समितिलाई मंसिर २५ भित्र नाम पठाउन भनिसकेको छ। विधान अनुसार, सिफारिसमा एक महिला सहित तीन जनाको नाम उपल्लो तहमा पेश गर्नुपर्ने व्यवस्था छ।
देउवाले २०४८ सालदेखि निरन्तर डडेल्धुराबाट चुनाव जित्दै आएका छन् र यसपटक पनि आफ्नो अनुभव र समर्थकहरूको साथमा चुनावी प्रतिस्पर्धामा उत्रने तयारीमा छन्।




