शिवपुरीमा हराएका ३ जनाको उद्धार



काठमाडौं , मंसिर  २५ । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र बाटो बिराएर हराएका तीन जनालाई नेपाली सेना सहितको संयुक्त उद्धार टोलीले मध्यरात उद्धार गरेको छ।

मंसिर २५ गते पानीमुहान क्षेत्रबाट शिवपुरी हाइटतर्फ जाँदै गर्दा बाटो छुटेका दुई महिला र एक पुरुष गरी तीन जनाको समूह सम्पर्कविहीन बनेको थियो।

उद्धारमा नेपाली सेनाको चन्दननाथ गण, निकुञ्ज प्रशासन र नेपाल प्रहरीले संयुक्त रूपमा खोजी कार्य सञ्चालन गरेको थियो। खोजी टोलीले उनीहरूलाई शिवपुरी पिक क्षेत्रतिर फेला पारेको र स्वास्थ्य अवस्था सामान्य रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

उद्धारपछि तीनै जनालाई आवश्यक प्रक्रिया पूरा गरी नेपाल प्रहरीले सुरक्षित रूपमा जिम्मा लिएको छ।

प्रकाशित मिति: २०८२ मंसिर २६, बिहिवार १४:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको