आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगाना समूह



काठमाडौं, पुस ७ । जेनजीका नेतामध्ये एक मिराज ढुंगानाको समूहले आज (पुस ७ गते) काठमाडौँको माइतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन सुरु गर्दैछ।

आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत आन्दोलनको घोषणा गरेको ढुंगाना समूहले सोमबार बिहान ११ बजे माइतीघर मण्डलामा भेला हुन समर्थकहरूलाई आह्वान गरेको छ।

जेनजीको यस समूहले १० बुँदे माग अघि सार्दै आन्दोलन सुरु गर्न लागेको हो। पत्रकार सम्मेलनमा ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकार जेनजी आन्दोलनको मर्मअनुसार अघि बढ्न नसकेको आरोप लगाए। उनले वर्तमान राजनीतिक परिस्थितिमा सबै पक्षलाई विश्वासमा लिन सक्ने सर्वपक्षीय सरकार आवश्यक रहेको बताए।

ढुंगानाले भने, “आजको आवश्यकता यस्तो राजनीतिक नेतृत्वको हो, जसले सबै पक्षसँग संवाद गर्न सकोस्, न्याय दिन सकोस् र देशलाई शान्ति तथा स्थायित्व दिन सकोस्। १०० दिनको सरकार हामीले देख्यौँ, तर यसले हाम्रो आन्दोलनको मर्म बोक्न सकेन।”

ढुंगानाको समूहका प्रमुख मागहरू यस्ता छन्स्

संवैधानिक सुधार र पुनर्लेखनस् राज्यको पुनःसंरचना र राजनीतिक स्थिरताका लागि सर्वपक्षीय गोलमेच सम्मेलन वा संविधान परिमार्जन सभा गठन गरी संविधान पुनर्लेखन।

न्यायिक सुधारस् भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली ‘भ्रष्टाचार निर्मूल आयोग’ गठन तथा अदालतका फैसलाहरू प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था।

आन्दोलनकारीको रिहाइ र न्यायस् अघिल्लो आन्दोलनमा पक्राउ परेका निर्दोष युवाहरूको तत्काल रिहाइ, घाइतेहरूको उपचार तथा शहीद परिवारलाई शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी।

मताधिकार र एनआरएन नीतिस् विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्दै ‘एक पटकको नेपाली, सधैँको नेपाली’ नीतिलाई व्यवहारमा कार्यान्वयन।

पीडितको न्यायस् मिटरब्याज, सहकारी, लघुवित्त तथा उखु किसानका समस्या समाधान गर्दै दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति।

जेनजी मिराज ढुंगानाको समूहले शान्तिपूर्ण तर दबाबमूलक आन्दोलनमार्फत आफ्ना माग पूरा गराउने जनाएको छ।

प्रकाशित मिति: २०८२ पुष ७, सोमबार ०९:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको