सभामुख यादवद्वारा मधेश जनआन्दोलनका शहीद परिवार र जिउँदो शहीदलाई सम्मान



जनकपुरधाम, पुस ८ । मधेश प्रदेशका नवनियुक्त सभामुख रामअशिष यादवले मधेश जनआन्दोलनको क्रममा अमूल्य योगदान पुर्‍याएका शहीदका परिवार तथा जिउँदो शहीदलाई सम्मान गरेका छन्।

मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै सभामुखयादवले मधेशको पहिचान, अधिकार र सम्मानका लागि भएको संघर्षलाई कहिल्यै भुल्न नहुने बताएका छन्।



सम्मान कार्यक्रममा सभामुख यादवले मधेश जनआन्दोलनका शहीदहरूको बलिदानकै कारण आज मधेशले संस्थागत राजनीतिक पहिचान प्राप्त गरेको उल्लेख गरे।

‘शहीद परिवार र जिउँदो शहीद राज्यका सच्चा अभिभावक हुन्,’ उनले भने, ‘प्रदेश सरकारले उनीहरूको सम्मान, संरक्षण तथा जीवनस्तर उकास्न विशेष ध्यान दिनेछ।’

प्रकाशित मिति: २०८२ पुष ८, मंगलवार १७:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको