काठमाडौँ, ११ पुस । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले शुक्रबार आफ्नो पदभार ग्रहण गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शर्माले परराष्ट्रमन्त्री पद तथा गोपनीयताको शपथ लिएका थिए। शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्रीको रूपमा सिफारिस गरेकी थिइन्।
शपथ ग्रहणपछि बालानन्द शर्मा मन्त्रालय पुगेका छन् र आगामी कार्यकालका लागि तयारीमा जुटेका छन्। उनी नेपाली सेनाका पूर्वरथी समेत हुन् र विभिन्न सरकारी तथा प्रशासनिक जिम्मेवारीमा अनुभव राख्दछन्।
उनको नियुक्ति संगै प्रधानमन्त्री कार्कीले आफूसँग रक्षा र खानेपानी मन्त्रालय राख्ने व्यवस्था गरिएको छ। शर्मालाई परराष्ट्र मन्त्रालयमा नियुक्त गर्नुको उद्देश्य विदेश नीति सुदृढीकरण र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्नु रहेको बताइएको छ।
पूर्वरथी शर्मा सेना समायोजन विशेष समिति सचिवालयको संयोजक पनि रहिसकेका छन्। माओवादी लडाकू समायोजनको प्रक्रिया सफलतापूर्वक संचालन गर्न उनले महत्वपूर्ण भूमिका खेलेका थिए। यससँगै उनी कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को प्रमुखको जिम्मेवारी समेत भोगिसकेका छन्।
शर्माको नियुक्तिले नेपालको कूटनीतिक गतिविधि र अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ गति आउने अपेक्षा गरिएको छ। परराष्ट्र मन्त्रालयका प्रमुख जिम्मेवारी सम्हाल्दै उनले आगामी समयमा नेपालका विदेशी नीतिलाई सुदृढ र रणनीतिक बनाउने लक्ष्य राखेका छन्।




