न्यानो कपडा बाँड्दै नगरपालिका, चिसोले जनजीवन कष्टकर



सप्तरी, पुस १३ । अत्यधिक चिसोले जनजीवन कष्टकर बन्दै गएका बेला राजविराज नगरपालिकाले दाउरा वितरण सुरु गरेको छ ।

आईतवार एकाविहान ट्याक्टरमा दाउरा बोकेर निस्केकी कार्यवाहक नगर प्रमुख इसरत परवीन, वडाअध्यक्ष तथा नगरपालिकाका कर्मचारीको टोलीले नगरको चोक : चोक र अस्पतालमा दाउरा वितरण सुरु गरेकी छन् ।

शीतलहर तथा चिसोबाट सर्वसाधारणलाई जोगाउन दाउरा वितरण थालिएको कार्यवाहक नगर प्रमुख इसरत परवीनले बताईन । उनले अत्यधिक चिसो भएकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन समेत सबैमा आग्रह गरेकी छन् ।

चिसोको मौसमलाइ ध्यानमा राख्दै जाडोका कारण कस्टप्रद जीवन यापन गर्न बाध्य सर्वसाधारणलाई थोरै भएपनि न्यानो पार्ने उद्देश्यले दाउरा वितरण गर्न थालिएको उनको भनाई छ ।

नगरका चोक चोकमा दाउरा बालेको देखेर काम विशेषले बजार निस्केका सर्वसाधारण आगो ताप्दै आफुलाई न्यानो पार्ने प्रयासमा जुृटेका छन । एक साता यता बढेको अत्यधिक चिसोका कारण जिल्लाको दैनिकी कष्टकर बनेको छ । विशेष गरी विपन्न वर्ग मारमा परेका छन ।

यस्तै चिसोले स्थानीय अस्पतालहरुमा विरामीको चाप समेत बढेको छ । अघिल्लो दिन शनिवार नेपाली सेनाको यहाँस्थित बरखगणले पनि नगर क्षेत्रमा दाउरा वितरण गरेको थियो ।

प्रकाशित मिति: २०८२ पुष १४, आइतवार १६:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको