ईन्डो-नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात



सप्तरी, पुस १४ । इन्डो–नेपाल यु १९ क्रिकेट प्रतियोगिता यहाँ सोमबार देखि शुरु भएको छ । स्थानिय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सप्तरीले पाहुना टोली भारत उत्तर प्रदेशको पिके एकेडमी वागपत क्रिकेट टिमलाई ५ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

सप्तरी क्रिकेट संघको आयोजनामा संचालित ईन्डो नेपाल क्रिकेट प्रतियोगिताको उदघाटन खेलमो पिके एकेडमीले टस जितेर निर्धारित ३५ ओभरको खेलमा २६ ओभरमै सबै बिकेट गुमाई १ सय ४ रनको योगफल खडा गरेको थियो । जसमा ध्रुव ठाकुरले सर्वाधिक ३५ र हमजा क्वारिस २३ रनको योगदान दिएका थिए ।



बलिंग तर्फ सप्तरीका बिजय यादब, आयुष मण्डल, भिम यादब २/२ बिकेट तथा सुशान्त देव, अभिमन्यु सरदार, अजय १÷१ बिकेट लिएका थिए ।

१ सय ५ रनको विजयी लक्ष्य लिएर मैदानमा ओर्लेको सप्तरी यु १९ क्रिकेट टिमले ११ दश्मलव १ बलमै ५ बिकेट गुमाएर बिजयी लक्ष्य प्राप्त गरेका थिए ।

ब्याटिङ्गतर्फ अमन यादबले उत्कृष्ट ब्याटिंग गर्दै सर्वाधिक ४० रन बनाएका थिए भने रितिक थापा १४, शिव अधिकारी १२ र भिम यादब १० रनको योगदान दिए ।

बलिङ्गतर्फ पिके एकेडमीका सगन ३ तथा आयुष र अक्षयले १/१ बिकेट लिएका थिए । उक्त खेलको प्लेयर अफ दि म्याच सप्तरीका अमन यादब घोषित भए ।
प्रतियोगिता अन्तर्गत दुईटै टोलीबीच तीनवटा म्याच हुने आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति: २०८२ पुष १४, सोमबार १८:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको