राष्ट्रिय मेलमिलाप दिवस : कांग्रेसको जिम्मेवारी र भूराजनीतिक चुनौती



काठमाडौँ, पुस १६ । नेपाली कांग्रेसले हरेक वर्ष पुस १६ गते राष्ट्रिय एकता मेलमिलाप दिवस मनाउँदै आएको छ। यो दिन बीपी कोइरालाले ०३३ सालमा भारतको निर्वासनबाट फर्केर नेपालको राष्ट्रियता जोगाउने ‘मेलमिलाप नीति’ लागू गरेको दिनसँग सम्बन्धित छ।

बीपीले लिएको मेलमिलापको नीति केवल राजनीतिक रणनीति मात्र थिएन, यो देशभक्तिपूर्ण र दूरदर्शी कदमको रूपमा नेपाली राजनीतिमा सधैं चर्चामा रहँदै आएको छ। तत्कालीन पञ्चायती व्यवस्थाको बेला र दक्षिण एसियाको जटिल भूराजनीतिक परिस्थितिमा उनले जोखिम मोलेर राष्ट्रिय हित सुनिश्चित गर्न यो नीति अघि सारेका थिए।

अहिले पनि नेपालले चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको छ। छिमेकी भारत र चीन विश्वस्तरमा प्रमुख शक्ति बन्ने क्रममा रहेका छन् भने रुस(युक्रेन युद्ध, जलवायु परिवर्तन र आर्थिक संकटले अल्पविकसित मुलुक नेपाललाई थप चुनौतीपूर्ण अवस्था सिर्जना गरेका छन्। यस्तो परिस्थितिमा मुलुकभित्र सहमति र सहकार्य आवश्यक छ।

नेपाली कांग्रेसले आफ्नै भित्रका गुटगत समस्या समाधान गरी १५ औं महाधिवेशन सफल बनाउनु पर्ने अवस्था छ। पार्टीले आन्तरिक एकता र रणनीतिक नेतृत्व देखाउन नसके मुलुकको राष्ट्रिय हितमा पनि असर पुग्ने खतरा छ। नयाँ पुस्ता ९जेनजी० को अपेक्षा र वैकल्पिक राजनीतिक शक्तिहरूको उदयसँग मेलमिलापको नीति समयानुकूल कार्यान्वयन गर्नु कांग्रेसको प्राथमिक जिम्मेवारी भएको विश्लेषकहरूले बताएका छन्।

विशेषगरी रोजगार, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र अल्पविकसित क्षेत्रको विकासका लागि स्पष्ट एजेन्डा अघि बढाउन कांग्रेसले सक्रिय भूमिका खेल्नुपर्छ। राष्ट्रिय मेलमिलापको नीति केवल पार्टीको लागि मात्र नभई देशको स्थायित्व र विकासका लागि पनि अत्यन्त महत्वपूर्ण रहेको छ।

प्रकाशित मिति: २०८२ पुष १७, बुधवार १४:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको