काठमाडौं, पुस २१ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र भेनेजुएला की विपक्षी नेता मारिया कोरिना माचादो दुई शान्ति पुरस्कार पाउने क्रममै विवादमा परेका छन्।
५ डिसेम्बर २०२५ मा फिफा ले ट्रम्पलाई ‘पिस प्रेसिडेन्ट’ अर्थात् शान्ति राष्ट्रपति घोषणा गरेको थियो। फिफाले उल्लेख गरेको थियो, “विश्वमा शान्ति र एकता कायम गर्न योगदान दिने नेता”। ट्रम्पले यसलाई आफ्नो जीवनकै ठूलो सम्मान भने।
तर, फिफा पुरस्कार पाएको एक महिनाभित्रै ट्रम्पले भेनेजुएलामा सैन्य हमला गरे, जहाँ राष्ट्रपति मादुरोको अपहरण गर्ने प्रयास गरिएको थियो। अमेरिकी अधिकारी, मिडिया र अन्तर्राष्ट्रिय कानुनविद्हरूले यस कदमलाई गैरकानुनी ठहराएका थिए। यसले ट्रम्पको शान्ति पुरस्कारलाई पूर्ण रूपमा बदनाम बनायो।
त्यसैगरी, नोबेल शान्ति पुरस्कार विजेता माचादो पनि विवादमा परिन्। भेनेजुएलाकी उग्र दक्षिणपन्थी राजनीतिमा सक्रिय माचादोले आफ्नो देशविरुद्ध अमेरिकी हस्तक्षेपको समर्थन गरेकी थिइन्। उनले अमेरिकी सरकारलाई भेनेजुएलामा हमला गर्न आग्रह गर्दै पत्र लेखेकी थिइन्, जसको चौतर्फी आलोचना भयो। इजरायल–प्यालेस्टाइन सन्दर्भमा पनि उनको समर्थन विवादित बनेको थियो।
तर ट्रम्पले माचादोको प्रस्तावलाई अस्वीकार गर्दै, “उनको देशमा बलियो समर्थन छैन, उनको सम्मान कुनैले गर्दैन” भनेका थिए।
यसअघि पनि नोबेल शान्ति पुरस्कार विवादमा परेको इतिहास छ। सन् २००९ मा पुरस्कार पाएका बाराक ओबामा, सन् २०१२ मा यूरोपेली संघ, र सन् १९७३ मा हेनरी किसिन्जरका निर्णय आलोचित भएका थिए। पुरस्कारको आलोचना प्रायः पश्चिमा देशको स्वार्थ र राजनीतिसँग जोडिने कारणले हुने गरेको छ।
ट्रम्प र माचादोको मामला पुनः देखाउँछ कि शान्ति पुरस्कार पाउने व्यक्तिहरूले शान्तिको सन्देशको वास्तविक पालन नगरेमा अन्तर्राष्ट्रिय स्तरमा आलोचना र बदनाम हुने जोखिम रहन्छ।






