काठमाडौं, पुस २४ । नेपाली कांग्रेसले आज अपराह्न ४ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बताइएको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, यो बैठक विशेष महाधिवेशनको विषयमा छलफल गर्न पहिलो पटक आह्वान गरिएको हो। यसअघि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त वक्तव्य जारी गर्दै पार्टीमा विशेष महाधिवेशनको माग गरेका थिए।
आजै बिहान नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर विशेष महाधिवेशनलाई ‘संकल्प महाधिवेशन’मा रूपान्तरण गर्न लचक हुन आग्रह गरेका थिए।
बैठकमा विशेष महाधिवेशनको माग, पार्टी एकता र आन्तरिक राजनीतिक प्रक्रियासँग सम्बन्धित विषयहरूमा छलफल हुने अपेक्षा गरिएको छ।




