बागलुङ, पुस २५ । बागलुङस्थित प्रमुख मन्दिरको अधिवेशन शुक्रबार सम्पन्न भएको छ, जहाँ धार्मिक र पर्यटकीय क्षेत्रको विकासमा मन्दिरले पुर्याएको योगदानमाथि विशेष चर्चा भएको थियो।
अधिवेशनको उद्घाटन गर्दै मन्दिरका सहयोगकर्ता तथा समाजसेवी सहदेव राजभण्डारीले मन्दिरले धार्मिक क्रियाकलाप मात्र नभई पर्यटकीय प्रवर्द्धनमा पनि महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। उहाँले स्थानीय समुदाय र धार्मिक पर्यटन प्रवर्द्धनबीचको सहकार्यले क्षेत्रीय विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले धारणा प्रस्तुत गरेका थिए। बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले मन्दिरसँग जोडिएका व्यवसायिक पक्ष र आर्थिक सम्भावनाको चर्चा गर्नुभयो। पञ्चकोट विकास परिषदका सचिव नारायणप्रसाद आचार्यले क्षेत्रीय विकासका योजनासँग मन्दिरको सहकार्यको महत्व औंल्याउनुभयो।
साथै, वडा सदस्य अर्जुन सापकोटा, कुँडुले माविका अध्यक्ष कृष्णप्रसाद आचार्य र पत्रकार कोपिला कँडेलले मन्दिरका गतिविधि र स्थानीय समुदायमा यसको सामाजिक र सांस्कृतिक प्रभावबारे आफ्ना दृष्टिकोण राख्नुभयो।
अधिवेशनमा मन्दिरको सांस्कृतिक संरक्षण, धार्मिक उत्सवको व्यवस्थित आयोजना र पर्यटक आकषिर्त गर्ने कार्यक्रमहरूलाई अघि बढाउन सहयोग पुर्याउने विषयमा विचार विमर्श गरिएको थियो। सहभागीहरूले स्थानीय सरकार, संघसंस्था र समुदायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
सार्वजनिक गतिविधिहरू र धार्मिक स्थलहरूको समुचित व्यवस्थापनले स्थानीय अर्थतन्त्र, सांस्कृतिक संरक्षण र पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।




