काठमाडौं , पुस २९ । नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि जारी त्रिपक्षीय बैठक दिउँसो बस्ने गरी टुंगिएको छ। पार्टीभित्रको एक पक्षले विशेष महाधिवेशन जारी राखेको छ भने अर्को पक्षले त्यसलाई स्वीकार गर्न तयार छैन।
वार्तामा सहभागी विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेले भने, “विशेष महाधिवेशन आह्वान गर्नुको कारण हामीले राख्यौं, र उहाँहरूले सुन्नुभयो। एजेण्डा अनुसार दिउँसो २:३० बजे फेरि बैठक बस्ने निर्णय भएको छ।”
वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी थिए भने सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाण, र शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी भएका थिए।




