जनकपुरधाम, माघ ६ । नेपाली कांग्रेसले धनुषाका ४ वटै क्षेत्रका उम्मेदवारको टुङ्गो लगाएको छ । धनुषा निर्वाचन क्षेत्र नम्वर १ वाट मुक्त यादव, २ वाट दिनेश प्रसैला, ३ वाट विमलेन्द्र निधि र ४ वाट महेन्द्र यादवलाई टिकेट दिएको पार्टी स्रोतले जनाएको छ ।
नेपाली कांग्रेसका यि चार वटै अनुहार मध्ये गत निर्वाचनमा कुनै उम्मेदवार बिजयी भएका थिएन् ।
हुनत विमलेन्द्र निधि गत प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक प्रणालीवाट संघीय संसद बनेका थिए भने महेन्द्र यादव एमाले नेता रघुवीर महासेठवाट पराजित भएका थिए ।






