जसपा नेपालको धनुषाका ४ उम्मेदवार



जनकपुरधाम, माघ ६ । आगामी प्रतिनिधिसभा निर्वाचनकालागि जनता समाजवादी पार्टी (जसपा) नेपालले धनुषाका ४ वटै क्षेत्रका उम्मेदवार चयन गरेको छ ।

जसपा नेपालले धनुषा निर्वाचन क्षेत्र नम्वर १ वाट दीपक कार्की, २ वाट पशुपति यादव ३ वाट परमेश्वर साह र ४ वाट ज्ञानेन्द्र यादवलाई उम्मेदवार बनाएको छ ।

कार्की गत निर्वाचनमा बिजयी भएका उम्मेदवार हुन भने ज्ञानेन्द्र यादव मधेश प्रदेश सरकारमा मन्त्री रहि सकेका छन् । पशुपति यादव लामो समय देखि पार्टीका जिल्ला अध्यक्ष रहेका कारण उनी पनि बलियो उम्मेदवारको रुपमा मानिएका छन् भने परमेश्वर साह मधेश प्रदेश सभाका पूर्व सांसद छन् । जसपा नेपालले धनुषाको ४ वटै क्षेत्रमा दिएका नेता हैवी वेटकै रहेको राजनीतिक विश्लेषकहरुको भनाई छ ।

प्रकाशित मिति: २०८२ माघ ६, मंगलवार १०:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको