विद्यालय हाताभित्रै बसको ठक्करमा नर्सरीकी बालिका मृत्यु



नवलपरासी , माद्य १२ । देवचुली नगरपालिका–१ केउरेनीस्थित नेपाल नमुना माध्यमिक विद्यालयमा विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिका को मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार, विद्यालय बस लु १ क ३८१४ ले कक्षा नर्सरीमा अध्ययनरत सुश्मा कुमारी पासवानलाई ठक्कर दिएको थियो। घटना विद्यालय हाताभित्रै बस घुमाउने क्रममा भएको थियो।

बाराको कलैया नगरपालिका–६ स्थायी घर भई हाल देवचुली–१४ छत्तिसघरे बस्दै आएकी सुश्मा गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि देवचुली नगर अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेका थिए।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस घटनाले विद्यालय र अभिभावकबीच सुरक्षा उपायको आवश्यकतामा ध्यानाकर्षण गराएको छ। बालबालिकाको सुरक्षामा विद्यालय र परिवहन व्यवस्थापनमा थप सावधानी अपनाउनुपर्ने दबाब बढेको छ।

प्रकाशित मिति: २०८२ माघ १३, सोमवार १२:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको