पोखरामा रास्वपा उम्मेदवारमाथि सहकारीपीडितको आक्रोश



पोखरा, फागुन ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वसँग जोडिएको सहकारी प्रकरणको विषय उठाउँदै पोखरामा एक सहकारीपीडितले रास्वपा उम्मेदवारमाथि आक्रोश व्यक्त गरेका छन्।

शनिबार पोखरामा आयोजित उम्मेदवारसँगको संवाद कार्यक्रममा सूर्यदर्शन सहकारीका बचतकर्ता कृष्णप्रसाद जैसीले कास्की निर्वाचन क्षेत्र नम्बर–३ की रास्वपा उम्मेदवार बिना गुरुङ समक्ष आफ्नो पीडा व्यक्त गरेकी हुन । सहकारीमा बचत गरेको रकम हिनामिना भएपछि आर्थिक समस्या झेल्नुपरेको उनले बताए।



जैसीले आफूले सहकारीमा राखेको पैसा फिर्ता नपाउँदा छोराको विद्यालयको शुल्क तिर्न नसकेको भन्दै उम्मेदवार गुरुङलाई विद्यालयको ८० हजार रुपैयाँ बराबरको बिल नै थमाएका थिए। उनका अनुसार शुल्क तिर्न नसक्दा उनका छोराले वार्षिक परीक्षा दिनसमेत नपाउने अवस्था बनेको छ।

उक्त घटनापछि उम्मेदवार गुरुङले आफूले उक्त बिल पार्टी सभापति समक्ष बुझाउने प्रतिक्रिया दिएकी छन्। कार्यक्रममा सहभागी अन्य बचतकर्ताले पनि सहकारी रकम फिर्ताको माग गर्दै आफ्नो समस्या राखेका थिए।

प्रकाशित मिति: २०८२ फाल्गुन ९, शनिबार १६:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको