खामेनेईको मृत्युले ‘इस्लामी शासनको अन्त्यको सुरुवात’ : निर्वासित क्राउन प्रिन्स रेजा पहलवी



एजेन्सी, फागुन १९ । निर्वासित ईरानी क्राउन प्रिन्स रेजा पहलवीले इस्लामिक गणराज्य ईरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनेईको मृत्युले “इस्लामी शासनको अन्त्यको सुरुवात” भएको बताएका छन ।

पहलवीले अमेरिकाको र इजरायलको संयुक्त सैन्य आक्रमणलाई गेम चेंजरको रूपमा वर्णन गर्दै यसले ईरानी जनता आफ्नो देश पुनस् प्राप्त गर्ने मार्ग खोल्न सक्ने दाबी गरे । फक्स न्यूजको साक्षात्कारमा उनले इरानमा राजनीतिक परिवर्तनका लागि आफू तयार रहेको र देशभित्र तथा प्रवासी समुदायमा यस कदमको स्वागत भएको बताएका छन्।

क्राउन प्रिन्स पहलवीका अनुसार, “यसमा कुनै शंका छैन, यही गेम चेंजर हो, जसको हामी सबै लामो समयदेखि प्रतिक्षा गर्दै आएका थियौं। अब हामी शासनको अन्त्यको सुरुवात देखिरहेका छौं। कम्तिमा यसले जनता सडकमा फर्केर आफ्नो देश फिर्ता लिन सक्ने वातावरण बनाउँछ।”

उने भने कि ईरानी जनता लामो समयदेखि अत्याचार सहेर बसेका छन् र अब कममा सम्झौता नगर्ने दृढ सङ्कल्प भएका छन्। रेजा पहलवीले देशमा सम्भावित राजनीतिक परिवर्तनको नेतृत्व गर्ने तयारी गर्दै आएको र देशभित्रका कार्यकर्ता, सैन्य सदस्य, धार्मिक अल्पसंख्यक तथा विभिन्न जातीय समूहहरूलाई समेटेर एक व्यापक गठबन्धन तयार भएको जानकारी दिए ।

पहलवीका अनुसार, “हामीले राष्ट्रिय परियोजनाका लागि विविध र समर्पित समूह तयार पारेका छौं, जसले ईरानका विभिन्न भागको प्रतिनिधित्व गर्दछ र सबै एकजुट भएर देशमा परिवर्तनको प्रक्रिया अघि बढाइरहेका छन्।”

यस घटनापछि ईरान र प्रवासी समुदायमा खुशीको लहर देखिएको छ, जसले यो क्षणका लागि जनताको प्रतिक्षा कति लामो भएको थियो भन्ने प्रष्ट देखाउँछ।

प्रकाशित मिति: २०८२ फाल्गुन १९, मंगलवार ०९:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको