सप्तरीमा ८९ उम्मेदवारको जमानत जफत

३ राष्ट्रिय अध्यक्ष तथा १ पूर्व मख्यमन्त्री पनि फराकिलो मतले पराजीत


सप्तरी, फागुन २५ । सप्तरीमा प्रतिनीधीसभा सदस्य पदका ८९ जना उम्मेदवारको जमानत जफत भएको छ । प्रतिनीधीसभा सदस्य पदका लागी उम्मेदवारी दिएको जिल्लाका चार वटै क्षेत्रका गरी ८९ उम्मेदवारको जमानत जफत भएको हो । जिल्लाको चार वटै क्षेत्र मिलाएर कुल १ सय २ जनाले उम्मेदवारी दर्ता गराई चुनावी मैदानमा थिए ।

जसमध्ये १३ जनाले मात्रै जमानत जोगाएका छन । जिल्लाको ४ वटै क्षेत्रमा रास्वपाका उम्मेदवार भारी मतले विजयी भएका छन । क्षेत्र १ मा रास्वपा, स्वभिमान र एमाले बाहेक सबै १८ जना उम्मेदवारको जमानत जफत भएको छ । क्षेत्र नं.२ मा रास्वपा, जसपा नेपाल र जनमत बाहेक सबै ३१ जना उम्मेदवारको जमानत जफत भएको छ ।



क्षेत्र नं. ३ मा रास्वपा, जसपा नेपाल, काँग्रेस र एमाले बाहेक सबै १८ जना उम्मेदवारले जमानत गुमाएका छन । यस्तै क्षेत्र नं. ४ मा रास्वपा, काँग्रेस र जसपा नेपाल बाहेक सबै २२ जना उम्मेदवारको जमानत जफत भएको छ ।

निर्वाचन निर्देशिका अनुसार कुल सदर मतको १० प्रतिशत ल्याएको उम्मेदवारको जमानत मात्रै जोगिने व्यवस्था छ । यहाँ चार वटै क्षेत्रमा गरी खसेको मध्ये कुल २ लाख ९१ हजार १ सय ७७ मत सदर भएको थियो । त्यसको १० प्रतिशत मत ल्याउन न सक्दा ८९ जनाले जमानत गुमाएका छन ।

निर्वाचन परिणामको अर्काे रोचक पक्ष के देखिएको छ भने यहाँ ३ वटा राजनितीक दलका अध्यक्ष, १ महामन्त्री, १ पूर्व मुख्यमन्त्री, र ३ पूर्वमन्त्रीलाई न राम्ररी पराजयको पीडा भोग्नु परेको छ ।

यसरी पराजय भोग्नेहरुमा सप्तरीको क्षेत्र नंं २ बाट उम्मेदवार रहेका जनमतका अध्यक्ष डा.सिके राउत, जनाधिकार पार्टीका अध्यक्ष डा.शरद सिह यादव, नेपाल जनता पार्टीका महामन्त्री रञ्जु ठाकुर, मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतिश कुमार सिंह, पूर्व मन्त्री उमेश प्रसाद यादव, पूर्व मन्त्री अनिस अन्सारी छन ।

यस्तै क्षेत्र नंं ३ मा उम्मेदवार रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव तथा क्षेत्र नं. ४ मा काँग्रेस उम्मेदवार एवं पूर्वमन्त्री तेजुलाल चौधरी पनि फराकिलो मतान्तरले पराजीत भएका छन । ती सबै रास्वपाका उम्मेदवार संग भारी मतले पराजित भएका हुन ।

प्रकाशित मिति: २०८२ फाल्गुन २५, सोमबार १४:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको