दुबई एयरपोर्टमा ईरानी ड्रोन आक्रमण , फ्यूल टैंकमा आगो लाग्यो , उड़ान अवरुद्ध



एजेन्सी, चैत २ । मध्यपूर्वमा बढदो तनाबका बिच सोमबार ईरानले दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण गरेको छ। यस घटनामा विमानस्थलको नजिक रहेको फ्यूल टैंकमा भीषण आगलागी भएको छ।

घटनापछि सुरक्षा व्यवस्थाका कारण दुबई सिभिल एभिएसन अथॉरिटीले सबै यात्री र स्टाफको सुरक्षालाई ध्यानमा राख्दै उड़ानहरू अस्थायी रूपले निलम्बित गरेको छ।

आगलागीको घटनापछि आपातकालीन टोली तुरुन्त घटनास्थल पुगेको थियो र छोटो समयमा नै आगो नियन्त्रणमा आएको छ। अधिकारीहरूले घटनामा अहिलेसम्म कुनै मानबीय क्षति नभएको जानकारी दिएका छन्।

यस घटनाले मध्यपूर्वमा इजरायल र ईरानबीच बढ्दो तनावलाई झन् बढाएको छ। दुबईमा ईरानद्वारा ड्रोन र मिसाइल हमलाको यो पहिलो घटना होइन अघिल्ला हमलाहरूले विमानस्थल, पोर्ट र तेल उद्योगका आधारभूत संरचनामा असर पारेको थियो।

सुरक्षा अधिकारीहरूले आगो नियन्त्रणमा आएपछि विमानस्थलको सञ्चालन क्रमशः पुनः सुरु गर्ने तयारी भइरहेको बताइएको छ।

प्रकाशित मिति: २०८२ चैत्र २, सोमबार ०८:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको