बेसहारा बृद्ध–बृद्धाको दुःख हेर्न ठाकुर दम्मपत्तीको एक पछी अर्काे प्रयास, दुःख मोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी



सप्तरी, चैत ६ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ स्थित दुःख मोचन आश्रम परिसरमा नवनिर्मित मन्दिर भवनमा आगामी चैत्र १३ गते महाविर बजरंगवली हुनमानजीको दिब्य प्रतिमा स्थापना गरिने भएको छ ।

तिलाठी कोईलाडी गाउँपालिका निवासी सेवानिवृत न्यायधिश एवं राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुर तथा उनका धर्मपत्नी संविधानसभा सदस्य रञ्जु ठाकुरको व्यक्तिगत लगानीमा भगवान हनुनमानको दिब्य प्रतिमा स्थापित गर्न लागीएको हो ।

डेढ फिट उचाई र १ फिट चौडाई भएको भगवान हनुमानको पत्थरको मुर्ती स्थापनाका अवसरमा विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरी महोत्वसका रुपमा मनाउने तयारी भएको दुःख मोचन आश्रम समितिले जनाएको छ ।

मिहिर ठाकुरका वुआ दुःख मोचन र आमा प्रेमलताले ३ कठ्ठा बहुमुल्य जग्गा निःशुल्क उपलब्ध गराएपछि छोरा मिहिर र बुहारी रञ्जुको प्रयासमा सरकारबाट आवश्यक सहयोग जुटाई समाजिक क्षेत्रमा क्रियाशिल विदेह फाउण्डेशन नामक संस्था मार्फत सुविधा सम्पन्न बृद्धा आश्रम र मन्दिर भवन निर्माण गरिएको थियो ।

स्वः आमा बुआको स्मृतीमा गरिब असहाय तथा बेसहारा रहेका बृद्ध–बृद्धालाई सहारा दिने सोचका साथ बनाइएको आश्रममा मन्दिर भवन समेत निर्माण गरिएको थियो । सोही भवनमा रामनवमीका दिन भव्य धार्मिक आयोजना गरी काठमाडौंबाट ल्याइएको भगवान हुनमानको दिव्य प्रतिमा स्थापना गर्न लागिएको दाता परिवारका सदस्य मिहिर ठाकुरले जानकारी दिए । “बेसहारा जेष्ठ नागरिकको संरक्षण गर्ने र उनीहरुको बासका लागि एउटा आश्रय स्थल बनाउने आफ्नो बाल्यकाल देखि नै रहेको सपना आमा बुआले निशुल्क जग्गा प्रदान गरेपछि पुराभयो उनले भन,े– अव आश्रममा रहने जेष्ठ नागरिक तथा आसपासका बासिन्दालाई पुजापाठ गर्न समेत सहज हुनेछ ।”

विश्व शन्ति, हिन्दुधर्मको संरक्षण, प्रचारप्रसार र मानव कल्याणको कामना समेतका साथ हुन लागेको धार्मिक समारोहमा नेपाल र मित्र राष्ट्र भारतका साधु सन्त र सनातन हिन्दु धर्मका अनुयायीहरुको उल्लेख्य सहभागिता रहने ठाकुरका धर्म पत्नी रञ्जुले सुनाईन । उनले उक्त समारोहमा सबैलाई सहभागी भई कार्यक्रलाई अझ भव्य र सभ्य बनाई दिन आग्रह गरेकी छिन् । बेसहारा बृद्ध–बृद्धाको दुख हर्न ठाकुर दम्पतीले गरेको प्रयासको स्थानियले प्रसंशा गरेका छन् ।

प्रकाशित मिति: २०८२ चैत्र ६, शुक्रबार १७:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको