नेपाल स्टक एक्सचेञ्जमा उच्च गिरावट, सूचक १०५ अंकले घटेर २६७६ विन्दुमा



काठमाडौं, चैत २२ । आइतबार नेपाल स्टक एक्सचेञ्जमा उच्च गिरावट देखिएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा बन्द भएको हो।

आज कुल १२ अर्ब ३८ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारमा ७ कम्पनीको शेयरमूल्य बढ्दा २६१ कम्पनीको घटेको देखिएको छ, जसले बजारमा व्यापक दबाब रहेको संकेत गर्छ।



घट्दो बजारका बीच केही कम्पनीले सकारात्मक सर्किट लगाएका छन्। ती कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, भुजुङ हाइड्रोपावर लिमिटेड, रिजलाइन इनर्जी लिमिटेड र होटल फरेस्ट इन लिमिटेड रहेका छन्।

त्यस्तै, नारायणी विकास बैंक, हिमालयन रि–इन्स्योरेन्स कम्पनी र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। यी कम्पनीहरूको शेयरमूल्य करिब १० प्रतिशतले घटेको छ।

आजको कारोबारमा हिमालयन रि–इन्स्योरेन्स कम्पनीकै सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ५८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने यसको मूल्य ९।८४ प्रतिशतले घटेको छ।

प्रकाशित मिति: २०८२ चैत्र २२, आईतवार १५:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको