एजेन्सी, चैत २३ । सुपरस्टार रणबीर कपूर अभिनित बहुप्रतिक्षित फिल्म रामायण को फर्स्ट लुक टीजर सार्वजनिक भएको छ। टीजरमा रणबीर कपूरलाई भगवान रामको रूपमा पहिलोपटक देख्न सकिन्छ र सामाजिक मिडियामा उनको लुकसहित फिल्मको भिजुअल इफेक्ट्स (VFX) को प्रशंसा भइरहेको छ।
फिल्मको VFX ८ पटक ऑस्कर अवार्ड जितिसकेको ब्रिटिश स्टुडियो DNEG ले तयार गरेको छ। निर्देशक नितेश तिवारी र निर्माता नमिल मल्होत्रा द्वारा बनाइँदै आएको यस फिल्मको बजेट करिब ४००० करोड भारतीय रुपैयाँ रहेको बताइएको छ।
DNEG ले पहिले पनि Oppenheimer, Dune, Interstellar लगायतका हिट फिल्ममा आफ्नो VFX को कमाल देखाइसकेको छ। २०११ देखि हालसम्म यसले ८ ऑस्कर अवार्ड जितेको छ भने बाफ्टा अवार्ड पनि प्राप्त गरिसकेको छ।
फिल्मको पहिलो भाग यो वर्ष दीवाली २०८३ मा विश्वभरका सिनेमाघरमा रिलिज हुने तयारीमा छ, जबकि दोस्रो भाग आगामी वर्षको दीवालीमा सार्वजनिक गरिने योजना छ। फर्स्ट लुक टीजरले देखाएको प्रभाव र DNEG को अन्तर्राष्ट्रिय स्तरको VFX को कारण, यस फिल्मले नेपाली र भारतीय सिनेमा इतिहासमा नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ।
‘रामायण’ विश्वस्तरीय प्रोडक्सन र डिजिटल प्रभावको माध्यमबाट दर्शकलाई एक भव्य अनुभव दिने लक्ष्यमा तयार हुँदैछ, जसले यसलाई केवल भारतीय फिल्म नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चित बनाउने सम्भावना छ।






