जनकपुरधाम, चैत २९ । धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकाले २७ विपन्न परिवारलाई घर हस्तान्तरण गरेको छ ।
आज आयोजित एक कार्यक्रमका बिच गा.पा. अध्यक्ष जयकुमार यादवले दातृनिकायहरुको रोहवरमा लक्षित परिवारलाई घर हस्तान्तरण गरेको हो । घर हस्तान्तरण कार्यक्रममा दातृ निकाय ह्याविटेट फर ह्युमिनिटी नेदरलैण्ड, ह्याविटेट फर ह्युमिनिटी नेपाल, वाटरलैण्ड फाउण्डेशन, सहयोगि संस्था रतौली युवा क्लव सहतिको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ह्याविटेट फर ह्युमिनिटी नेपालका राष्ट्रिय निर्देशक एलिजा स्थापितले विपन्न परिवारको लागि घर निर्माणमा सहयोग गर्न पाउनु आफुहरुको लागि खुसीको विषय रहेको बताए ।
कार्यक्रममा गापा अध्यक्ष जय कुमार यादवले घर निर्माण कार्यक्रम विकासको एउटा पक्ष भएपनि यसले मानवियता र सहयकार्यलाई बल दिएको बताए ।
गापा अध्यक्ष आवास योजना अन्तर्गत दलित विपन्न परिवारका लागि स्थानीय सामग्रीमा आधारित भूकम्प प्रतिरोधी घर निर्माण गरिएको हो ।
ह्याविटेट फर ह्युमिनिटी नेदरलैण्डको सहयोगमा मुमु गापाले ६ लाख ४३ हजारको लागतमा विपन्न परिवारको लागि घर निर्माण गरेको साइट इन्जिनियर मनोज गुप्ताले बताए । ह्याविटेट फर ह्युमिनिटी नेदरलैण्डको सहयोगमा मुमु गापा ५६ घर निर्माण गरिएको हो । जसमा ह्याविटेट फर ह्युमिनिटी नेदरलैण्डको तर्फ बाट २ लाख ८५ हजार ७०० गाँउपालिका बाट ३ लाख ५० हजार र उपभोक्ताको तर्फबाट ६४ हजार लगानी गरिएको छ ।
यसै बीच मुमु गापाले सहयोगी संस्थाले सहयोग गरेको अतिरिक्त पालिकामा १ सय १४ घर निर्माण गर्न लागेको हो । गापा अध्यक्ष आवास योजना अन्तर्गत यस वर्ष उक्त घर निर्माण हुन लागेको हो । गापाको पूर्ण लगानी निर्माण हुने घर टेण्डर प्रक्रिया सम्पन्न भइ सकेको जनाइएको हो ।
घर आभावमा वाध्यात्मक जिवन जिउन बाध्य परिवारहरुले स्थानीय सरकारको तर्फ बाट निर्माण गरिएको घर पाँउदा हर्षित भएका छन ।






