प्युठान, वैशाख १० । स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भारतीय तीर्थयात्री बोकेको जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।
जिल्ला प्रहरीका अनुसार भिङ्ग्रीबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई सडकबाट करिब २५–३० मिटर तल खसेर दुर्घटना भएको हो। मृतक बालकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएकामध्ये ५ जना बालबालिका रहेका छन्। घाइतेमध्ये १० जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बुटवल रिफर गरिएको छ भने अन्यको उपचार स्थानीय स्तरमै भइरहेको छ।
घाइतेहरूलाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्र मा प्राथमिक उपचारका लागि लगिएको थियो।
घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।






