बागमतीका मुख्यमन्त्री बानियाँको निवासमा छापा



काठमाडौं, वैशाख २१।  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको निवास र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ।
विभागले ‘ए’ वर्गका ठेकेदारसमेत रहेका बानियाँमाथि अवैध रूपमा सम्पत्ति आर्जन गरेको र विवरण लुकाएको आशंकामा अनुसन्धान अघि बढाएको जनाएको छ।

प्राप्त जानकारीअनुसार विभागको टोलीले काठमाडौको नक्सालस्थित निवास, सुन्धारास्थित कार्यालय, साथै हेटौँडामा रहेका घर र कार्यालयमा एकसाथ छापा मारेको हो।



उनीमाथि थप कानुनी प्रक्रिया अघि बढाउने विषयमा समेत छलफल भइरहेको स्रोतले जनाएको छ। पक्राउ गर्ने वा नगर्नेबारे कानुनी परामर्श जारी रहेको बुझिएको छ।

प्रकाशित मिति: २०८३ बैशाख २१, सोमबार १४:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको