काठमाडौं, वैशाख २१। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको निवास र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ।
विभागले ‘ए’ वर्गका ठेकेदारसमेत रहेका बानियाँमाथि अवैध रूपमा सम्पत्ति आर्जन गरेको र विवरण लुकाएको आशंकामा अनुसन्धान अघि बढाएको जनाएको छ।
प्राप्त जानकारीअनुसार विभागको टोलीले काठमाडौको नक्सालस्थित निवास, सुन्धारास्थित कार्यालय, साथै हेटौँडामा रहेका घर र कार्यालयमा एकसाथ छापा मारेको हो।
उनीमाथि थप कानुनी प्रक्रिया अघि बढाउने विषयमा समेत छलफल भइरहेको स्रोतले जनाएको छ। पक्राउ गर्ने वा नगर्नेबारे कानुनी परामर्श जारी रहेको बुझिएको छ।






