काठमाडौं, वैशाख २६ । नेपाली कांग्रेसका सभापति गगन थापा प्रदेशस्तरीय भेला उद्घाटनका लागि सुदूरपश्चिम पुग्ने भएका छन ।
धनगढीमा आयोजना गरिएको ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ उद्घाटनका लागि थापा विशेष महाधिवेशनपछि शेरबहादुर देउवा को गृह प्रदेश पुग्न लागेका हुन् ।
भेलाको तयारीका लागि धनगढीमा रहेका कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’का अनुसार थापा बिहान ८ बजेको उडानमार्फत धनगढी प्रस्थान गरेका हुन ।
यसअघि उपसभापति विश्वप्रकाश शर्मा शुक्रबार नै धनगढी पुगिसकेका छन् भने महामन्त्री गुरुराज घिमिरे बिहीबार नै त्यहाँ पुगेका थिए ।
दुई दिनसम्म सञ्चालन हुने उक्त भेलाको निर्णय २३ वैशाखमा बसेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले गरेको थियो ।
यता, प्रदेश सभापति वीरबहादुर बलायर तथा जिल्ला सभापति नारायण भट्ट भने भेलामा सहभागी नहुने बताइएको छ ।






