बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा



हेटौंडा, भदौ १ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार पदबाट राजीनामा दिएका छन्।

प्रदेशसभाको सोमबारको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने क्रममा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले राजीनामा घोषणा गरेका हुन्।

राजीनामा घोषणा गर्नुअघि बानियाँले आफ्नो करिब एक वर्षे कार्यकालमा प्रदेश सरकारले गरेका प्रमुख काम तथा उपलब्धिबारे प्रदेशसभालाई जानकारी गराएका थिए। उनले सरकारको प्रगति समेटिएका २८ बुँदा प्रस्तुत गरे।

नेकपा एमालेले गत साउन ६ गते बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका थिए।

एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। सोहीअनुसार बानियाँले सोमबार विश्वासको मत लिने तयारी गरेका थिए।

तर, प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव अघि बढाउने क्रममा उनले पदबाट राजीनामा दिने घोषणा गरेका हुन्। बानियाँको राजीनामासँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ।

प्रकाशित मिति: २०८३ भाद्र १, सोमबार १५:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको