केन्द्रिय निर्देशनलाई अवज्ञा गर्दै जसपा सांसदद्वारा लुम्बिनी सरकारलाई समर्थन



जनकपुरधाम, भदौ १ । केन्द्रिय निर्देशनलाई अवज्ञा गर्दै जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यहरुले सरकारलाई समर्थन गरेको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मतका लागि आह्वान गर्दै जसपा नेपालले समर्थन गर्ने घोषणा गरेको छ ।
प्रदेशसभा लाई सम्बोधन गर्दै जसपा नेपालका प्रदेशसभा सदस्य हेमा बेल्वासेले आफुहरु सरकार बनाउने र गिराउने फोहरी खेलमा नलाग्ने भन्दै सरकारलाई समर्थन गर्ने जनाएको हो ।

यस अघि जसपा नेपालका केन्द्रिय महासचिव सुरेन्द्र कुमार झाले विज्ञप्ति जारी गर्दे लुम्बिनी सरकारबाट समर्थन फिर्ता लिने जनाएको थियो ।
तर केन्द्रिय निर्देशनलाई अवज्ञा गर्दै प्रदेश सांसदहरुले सरकारलाई समर्थन गरेका छन । लुम्बिनी प्रदेशमा जसपा नेपालको पाँच जना सांसद छन । जस मध्ये चारजनाले सरकारलाई समर्थन गर्ने जनाएको छ भने एक जना अनुपस्थित रहेका छन ।

हिजो मात्रै एकीकृत केन्द्रिय समिति घोषणा गरेको जसपा नेपालमा लुम्बिनी प्रदेशको विद्रोहले पार्टीको आन्तरिक राजनीतिमा ठुलो धक्का पुगेको छ ।

जसपा नेपाल संगै नेकपा एमाले, नेपाली कम्यूनिष्ट पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएका छन ।

प्रकाशित मिति: २०८३ भाद्र १, सोमबार १५:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको