नेपाली कांग्रेस जनकपुरको १५औं नगर अधिवेशन जारी, नेतृत्व चयन भोली हुने



जनकपुरधाम, असोज १० । नेपाली काँग्रेस जनकपुरको १५ औ नगर अधिवेशन जनकपुरधाको गोपाल धर्मशालामा जारी रहेको छ ।
संस्थापन पक्षले निर्धारित गरेको कार्यक्रम अनुसार नगर अधिेवशनको उद्घाटन सत्र सम्पन्न भएको छ।

नगर सभापति मनोज साहको अध्यक्षतामा भएको उद्घाटन सत्रमा प्रमुख अतिथि राम सरोज यादवले केन्द्रिय सभापति गगन कुमार थापाको स्प्रिट अनुसार अधिवेशन सम्पन्न गर्न आग्रह गरेका थिए ।

अधिवेशन उद्घाटन सत्रमा काग्रेस जनकपुरका पुराना नेताहरुलाई सम्मान समेत गरिएको थियो ।

उद्घाटन सत्र सम्पन्न भए लगतै ५१ सदस्यीय नगरसमितिको नयाँ नेतृत्वको चयन प्रक्रिया शुरु भएको छ । नेतृत्वका लागि सर्वसम्मतिको प्रयास रहेको नगर सभापति साहले बताएका छन । यद्यपि सर्वसम्मति हुन नसके आजै निर्वाचन प्रक्रिया शुरु हुने र लोकतान्त्रिक विधिद्वारा भोली सम्म नेतृत्व चयन हुने आयोजक ले जनाएका छन ।

नगर सभापतिका लागि झण्डै एक दर्जन नेताहरुले इच्छा व्यक्त गरेका छन । वर्तमान नगर सचिव लालबाबु मिश्र, परमेश्वर साह, राम प्रसाद साह सहितका नेताहरुले सभापतिमा उम्मेदवारी दिने प्रवल सम्भावना रहेको छ ।

प्रकाशित मिति: २०८३ आश्विन १०, शनिबार १६:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको