नेपाली कांग्रेस जनकपुरको सभापतिमा मिश्र विजय



जनकपुरधाम, असोज १३ । नेपाली कांग्रेस जनकपुरधामको नगर सभापतिमा लालबाबु मिश्र विजय भएका छन । सर्वसम्मतिको लामो प्रयास सफल हुन नसकेपछि सोमबार भएको चुनावी प्रक्रियाबाट मिश्र विजय भएका हुन ।

मिश्रले २४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी परमेश्वर साहले १७७ मत प्राप्त गरेका थिए । त्यसैगरि अर्का प्रतिस्पर्धी राम प्रसाद पजियारले ५४ र संजिवले ४८ मत प्राप्त गरेका थिए ।

नगर समितिको उपसभापतिमा विरेन्द्र कुमार यादव १८८ मत प्राप्त गरि विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्दी मनमोहन साहले १६२ मत प्राप्त गरेका थिए ।

महिला उपसभापतिमा भने निर्वाचन अघि नै फुलकुमारी साह निर्विरोध निर्वाचित भइ सकेका छन ।
नगर समितिको सचिवमा राम दयाल यादव १३४ मत प्राप्त गरि विजय भएका छन । उनका निकटतम प्रतिद्वन्दी ध्रुवनारायण मिश्र १२३ , अर्का प्रतिद्वन्दी राहुल मिश्रले ११५ मत प्राप्त गरेका थिए ।

त्यस्तै सहसचिवमा ज्ञानेश्वर मण्डल विजयी भएका छन । नगरसमितिको कोषाध्यक्षमा भने सदस्यहरुबाट चुनिने व्यवस्था रहेको छ । नगर समितिमा २५ वडाका नगर सभापतिहरु पदेन सदस्य रहेका छन भने प्रत्येक वडा बाट २/२ जना गरि ५० जना सदस्य चयन हुने व्यवस्था रहेको छ । त्यस्तै जेनजी समूहबाट ३ जना सदस्य समेत चयन भएको छ ।

प्रकाशित मिति: २०८३ आश्विन १३, मंगलवार ०७:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको