बारामा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु



बारा, असोज १८। बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा देवताल गाउँपालिका–६ रौवाहीकी १४ वर्षीया निशा पटेल र सोही ठाउँकी १४ वर्षीया चाँदनी पटेल रहेका छन्।

प्रहरीका अनुसार जितिया पर्व मनाउने क्रममा अभिभावकसँगै पोखरीमा नुहाउन गएका दुवै किशोरी शनिबार साँझ डुबेर बेपत्ता भएका थिए।

घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोस्ट बेनौलीबाट खटिएको प्रहरी टोलीले स्थानीय बासिन्दाको सहयोगमा पोखरीमा खोजी सुरु गरेको थियो।

खोजीका क्रममा पोखरीको उत्तरतर्फको किनाराबाट दक्षिणतर्फ पानीमा दुवै किशोरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजाबाबु ठाकुरले जानकारी दिए।

मृतक दुवै किशोरीको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन १८, आइतवार १७:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको