जसपा निकट विद्यार्थी नेतालाई दुई दिने प्रशिक्षण, प्रशिक्षित युवा तयार गर्ने नीति



जनकपुरधाम, असोज १९ । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी विद्यार्थी युनियन, नेपालले विद्यार्थी नेताहरूका लागि दुई दिने प्रशिक्षण सम्पन्न गरेको छ ।

समाजवादी विद्यार्थी युनियन नेपाल केन्द्रीय समितिको आयोजनामा असोज १७ र १८ गते ललितपुरको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा पार्टीका शिर्ष नेता एवं विज्ञहरुले पार्टीको बैचारिक नीति, संघीयताको उपादेयता लगायतका विषयमा प्रशिक्षण दिएको विद्यार्थी युनियनका महासचिव बलिराम कापडीले जानकारी दिएका छन । विद्यार्थी नेताहरूलाई राजनीतिक, वैचारिक तथा नेतृत्वसम्बन्धी विषयमा प्रशिक्षित गरी सक्षम र जिम्मेवार युवा नेतृत्व विकास गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमअन्तर्गत पहिलो दिन संघीयता, संविधान कार्यान्वयन, राजनीतिमा विद्यार्थीको भूमिका र नेपालको भविष्यसँग सम्बन्धित विषयमा प्रशिक्षण दिइएको थियो ।

असोज १७ गते ‘नेपालमा संघीयता, महँगो कि सस्तो र भविष्यको लगानी’ विषयमा डा. उमाशंकर साह , ‘संविधान र संघीयता कार्यान्वयनको अवस्था’ विषयमा मधेस प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउतले प्रशिक्षण दिएका थिए भने ‘राजनीतिमा विद्यार्थीको भूमिका’ विषयमा डा. रेखा यादवले प्रशिक्षण दिएकी थिइन।

दोस्रो दिन असोज १८ गते जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले ‘समसामयिक राजनीतिक अवस्था’ र ‘मधेस आन्दोलन एवं नेतृत्व अभिवृद्धि’ विषयमा जितेन्द्र प्रसाद सोनलले प्रशिक्षण दिएका थिए ।

त्यसैगरी ‘युवाको नेतृत्व विकास’ विषयमा अधिवक्ता रकी प्रसाद साहले प्रशिक्षण दिएका थिए ।

समाजवादी विद्यार्थी युनियनले प्रशिक्षणमार्फत विद्यार्थी तथा युवालाई राजनीतिक विषयमा स्पष्ट धारणा बनाउन, नेतृत्व क्षमता विकास गर्न र संगठनलाई प्रभावकारी रूपमा अघि बढाउन सक्षम बनाउने लक्ष्य लिएको छ।

आयोजकका अनुसार पछिल्लो राजनीतिक परिवेशमा युवाको भूमिका बढ्दै गएकाले वैचारिक रूपमा स्पष्ट, जिम्मेवार र प्रशिक्षित युवा नेतृत्व निर्माणलाई प्राथमिकता दिइएको हो।

प्रकाशित मिति: २०८३ आश्विन १९, सोमवार ०७:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको