प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता



काठमाडौँ मंसिर ७ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको छ।

भेटका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई नेपालको पहिचान झल्काउने रुद्राक्ष उपहारस्वरूप प्रदान गर्नुभएको थियो। भेटवार्तामा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य तथा साझा चासोका विषयमा छलफल भएको बताइएको छ।

भेटमा नेपालका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार र परराष्ट्र सचिव अमृतबहादुर राईलगायत सहभागी हुनुहुन्थ्यो।

त्यसैगरी भारतीय पक्षबाट विदेशमन्त्री डा। एस। जयशङ्करसहित उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८३ मंसिर ७, सोमवार १३:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको