युवा संघद्वारा मुख्यमन्त्रीको पोष्टर च्यातियो



जनकपुरधाम । प्रदेश २ सरकारले स्वच्छता अभियान अन्र्तगत जानकी मन्दिरमा लगाएका पोष्टरहरु नेकपा (एमाले)को भातृ संगठन युवा संघका युवाहरुले च्यातेका छन् । शनिवार विहान उनीहरुले जानकी मन्दिर परिसरमा लगाइएको पोष्टर च्यातेका हुन ।

उनीहरुले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सस्तो लोकप्रियताकोलागि यहा पोष्टर लगाको भन्दै च्यातेका हुन । जानकी मन्दिर भ्रष्टाचार गर्ने थलो बनेको उनीहरुको भनाई थियो । जानकी मन्दिरमा प्रदेश २ सरकारले गरेको सौन्दर्यीकरणमा समेत भ्रष्टाचार गरेको उनीहरुको आरोप छ ।

तर, वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले मन्दिरमा गरेको लाइटिङ्गको विषयमा भने उनीहरु चुप छन् । वृहत्तरले १२ करोडको लागतमा जानकी मन्दिरमा लाइटिङ्गको काम गरेका छन् जसमा व्यापक भ्रष्टाचार भएको छ । एक करोड भन्दा कमको बल्वहरु जडान गरेर १२ करोड झ्वाम पार्ने विरुद्ध नबोल्ने तर, स्वच्छता अभियान सञ्चालन र त्यसले भावी दिनमा प्रदेशमा व्यापक परिवर्तन हुने हिसावले राखिएको पोष्टरहरु च्यातेका छन् ।

वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले १२ करोड रुपैया कुम्ल्याउनकै लागि केहि युवाहरुलाई भडकाएको जनता समाजवादी पार्टीका नेताहरुको भनाई छ ।

प्रकाशित मिति: २०७८ भाद्र १२, शनिबार ११:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको