होलीमा उच्छृंखल गतिविधि गरेको आरोपमा ११ जना पक्राउ



काठमाडौं, फागुन २९ । होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा काठमाडौंमा ११ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा २ महिला र ९ पुरुष रहेका छन् । पकनाजोलबाट दुई महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

न्यूरोड क्षेत्रबाट ३ पुरुष पक्राउ परेका छन् । कोटेश्वरबाट ४ र सिंहदरबार पश्चिम गेटबाट २ पुरुष पक्राउ परेका छन् ।

उनीहरूको अवस्था हेरेर मुद्दा चलाउने वा छाड्ने भन्ने टुंगो लाग्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन २९, बिहीबार १४:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको