पत्रकार महासंघ धनुषाको क्रियाकलाप शंकास्पद, वरिष्ठ पत्रकार साहको आपति



जनकपुरधाम, चैत १० । प्रेस स्वतन्त्रता सेनानी तथा वरिष्ठ पत्रकार राम भरत साहले नेपाल पत्रकार महासंघ धनुषा शाखाको क्रियाकलपा प्रति आपति जनाएका छन् । वरिष्ठ पत्रकार साहले सामाजिक सञ्जाल फेसवुक मार्फत आपत्ति जनाएका छन् ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले जनकपुरधामको एक सुविधा सम्पन्न होटलमा आयोजना गरेको अनलाइन मिडिया, युट्युव तथा पत्रकारिता क्षेत्रका समसामयिक सवालहरु सम्बन्धमा अभिमुखिरण तथा छलफल कार्यक्रममा मुख्यमन्त्री सतिशकुमार सिंहको आभिव्यक्ति यहाँको पत्रकारहरुकालागि खेदपूर्ण भए पनि नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्षले त्यस बिषयमा ‘चु’ शव्द नबोलेको प्रति आपत्ति जनाएका छन् ।

cm_press_madheshtodayवरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी साहले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन्–‘ एउटा कार्यक्रममा मधेश प्रदेशका भौतिक योजना मन्त्री सरोज यादवले मञ्च बाटै सार्वजनिक रूपमा जनकपुरका पत्रकार धमक्याउदै गरेको आरोप लगाएका थिए भने आज एउटा कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्रीले जनकपुरका पत्रकारहरू माथि नानाथरिका जथानाम आरोप लगाएर बिदा भए । तर उपस्थित पत्रकारहरू मुटुमाथि ढुङ्गा राखि फोटो खिच्नु,वहाँको मन्तव्य रेकर्ड गर्नु सिवा केही गर्न नसकुन, महासंघका अध्यक्षले आफ्नो मन्तव्यमा बिरोध न जनाउनु, केन्द्रीय सदस्य राजेश कर्णले झिनो रूपमा बिरोध गरे पनि सन्तोषजनक नरहेको अवस्थामा प्रदेश सरकारका मुख्य सचिवले आफ्नो मन्तव्यमा समेत मुख्यमन्त्रीको भनाइमा होस्टमा हैस्से मिलाएको स्पष्ट सुनियो र देखियो । के! पत्रकारहरूको भूमिका वास्तवमा शंकास्पद नै हो त ?’

यहाँका पत्रकारहरुमाथि मन्त्रीहरु पटक–पटक आरोप लगाउँदा समेत नेपाल पत्रकार महासंघका अध्यक्ष गुप्ताले आफ्नो भूमिका देखाउन नसक्दा धनुषाका सम्पूर्ण पत्रकारको प्रतिष्ठा नै दाउमा लागेको छ । मन्त्री तथा मुख्यमन्त्रीले नाम कोट गर्न नसक्नु र सम्पूर्ण पत्रकारहरुमाथि लाल्क्षणा लगाउनुले जनकपुरधाम सहित धनुषा भरिका पत्रकार महासंघकै क्रियाकलाप माथि प्रश्न उठाउन थालेका छन् ।

प्रकाशित मिति: २०८१ चैत्र १०, आईतवार ११:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको