ट्रेनिङ्ग सेन्टरको आडमा मेनपावर सञ्चालन



जनकपुरधाम, चैत २१ । जनकपुरधाममा ट्रेनिङ्ग सेन्टरको नाममा मेन पावर सञ्चालन हुँदै आएको छ । सिटिइभिटीबाट स्वीकृत लिएर ट्रेनिङ्ग सेन्टर, तालिम केन्द्र सञ्चालन गरेर मेन पावर सञ्चालन गरिरहेको पाइएको छ ।

जनकपुरधाममा एक दर्जन भन्दा बढीको संख्यामा रहेको तालिम केन्द्र, ट्रेनिङ्ग सेन्टरहरुमा दिनहुँ जसो बैदेशिक रोजगारको अन्तरवार्ता हुने गरेका छन् तर, स्थानीय प्रहरी प्रशासनलाई यस बिषयमा कुनै जानकारी नै हुँदैन् ।



विभिन्न विदेशकालागि जनकपुरधामका ती ट्रेनिङ्ग सेन्टरहरुमा अन्तरवार्ता गर्नकालागि एजेन्टहरु मार्फत सर्वसाधारणलाई फोन मार्फत जानकारी गराएर उनीहरुलाई बोलाउने गरिन्छ । जसका कारण दिनहुँ जसो ठगि हुने गरेको छ ।
जनकपुरधाममै दिनहुँ एजेन्ट र बैदेशिक रोजगारमा जानेहरु बीच झगडा र पञ्चाइत हुने गरेको पाइन्छ ।

प्रकाशित मिति: २०८१ चैत्र २१, बिहीबार ०८:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको