मधेश प्रदेशका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव, मुख्यमन्त्री क्रसर उद्योगमा

कामकाज एक तिर सिएम साहव अर्कौ तिर


जनकपुरधाम, चैत २५ । मधेश प्रदेशका सरकारी स्वास्थ्य संस्थाहरूमा बेतिथि दिनप्रतिदिन बढ्दै गएको छ । वेतिथि अन्त्य गर्ने मधेश प्रदेशका मुख्यमन्त्री समस्या एका तिर काम अर्का तिर गर्नमा व्यस्त देखिएका छन् ।

मधेश प्रदेशका स्वास्थ्य संस्थामा औषधि अभाव रहेको बेला मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह यहाँका अस्पताल र क्रसर उद्योगमा छापामारी गर्दै हिँडेका छन् । राजमार्ग छेउछाउका होटलहरुमा समेत उनले छपामारी गर्दै छन् । एका तिर मुख्यमन्त्री आवद्ध दल जनमत पार्टीका नेता कार्यकर्ताहरु उनको पक्षमा वाह वाही गरिरहेका छन् त्यहि आम जनता दिनप्रतिदिन समस्या खेप्न बाध्य छन् । तर, त्यो कुराहरुबाट मुख्यमन्त्री सतिश सिंह अनभिज्ञ छन् ।



मधेश प्रदेश भरिका फर्जी भनिएका करिव एक सयको हराहारीमा निजी अस्पतालहरु बन्द गरियो, जस मध्यये करिव ७०÷७५ वटा धनुषा जिल्ला वा जनकपुरधाम उप–महानगर क्षेत्रकै रहेको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान (प्रादेशिक अस्प्ताल जनकपुर) २०० वेडको हाँस्पिटल रहेको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार दैनिक १२ सय विरामी त्यहाँबाट उपचार सेवा लिने गरेका छन् । तर, बन्द गरिएको ती अस्पतालका विरामीहरु कहाँ गयो भनेर कसैलाई कुनै जानकारी छैन् ।

मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्खया मन्त्रालयअन्तर्गतका स्वास्थ्य आपूर्ति केन्द्रमा पटक–पटक निर्देशक परिवर्तन भएसँगै त्यहाँ विवाद हुँदा औषधि खरिद हुन सकेको छैन् । औषधि अभाव भएपछि विपन्न वर्गका बिरामीहरू समस्यामा परेका छन् । हाल प्रादेशिक अस्पतालहरूले आन्तरिक स्रोतबाट अत्यावश्यक औषधि खरिद गरेर सेवा सञ्चालन गरे पनि सरकारले तोके अनुसार निःशुल्क औषधि बिरामीलाई उपलब्ध गराउन सकेको छैन ।

मधेश प्रदेशको १३६ स्थानीय तहमा प्रयोगशाला स्थापना गरेकोे प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि आवश्यक किट नभएका कारण थप समस्या भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका तत्कालीन निर्देशक डा श्रवण मिश्रलाई हटाइएको थियो । मिश्र उच्च अदालत जनकपुरधामको आदेश पछि पुनः जिम्मेवारीमा फर्किएका छन् ।

व्यतिथि नै व्यतिथिले भरिएको मधेश प्रदेशका मुखिया (मुख्यमन्त्री) सतिश सिंह भने आवश्यकतालाई पहिचान गर्न नसकिरहेको आम जनताको भनाई छ । मधेश प्रदेश सरकारलाई सवै भन्दा पहिला आवश्यकता के हो भनेर पहिचान हुन नसकेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेश प्रदेश समिति सदस्य महाशंकर ठाकुर बताउँछन् । मुख्यमन्त्री सिंह युवा रहेकाले यहाँका जनता उनीबाट बढि अपेक्षा राखेको थियो तर उनी त्यसमा असफल भएको ठाकुरको आरोप छ ।

जनकपुरधाम उप–महानगरपालिका–४ का विकास मिश्र भन्छन्–‘पहिले भन्दा अहिले धेरै नै भ्रष्टाचार बढेको छ, सतिश सिंह नेतृत्वको सरकार गठन भएको बेला गरेको निर्णय ठिक थियो, तर, आफैले पटक–पटक निर्णय उल्टाएर भ्रष्टाचारलाई बढाबा दिएको छ । प्रदेश सरकारबाट हुने विकास निर्माणको काम कित मन्त्रीका आसेपासेलाई दिइएको छ कि त बिक्री भएको छ । कसरी सुशासन कायम हुन्छ ।’
मधेश प्रदेश सरकारले निर्माण गरेको योजना ७ देखि १५ प्रतिशत आग्रिम भुक्तानी लिई बिक्री हुने गरेको भएपनि मुख्यमन्त्री सिंह त्यसतिर अहिले सम्म कुनै प्रतिक्रिया दिन सकेका छैनन् ।

जनकपुरधाम–२ का बिक्रम यादव भन्छन्–‘समस्या पहिचान नगरि क्रसर उद्योग, अस्पताल, होटलहरुमा अनुगमन गर्नु सराहनीय हो । तर, आम जनता बढी कहाँबाट प्रभावित छ त्यस बारे मुख्यमन्त्री जी केही बोल्नु हुन्न । सवै ठाउँमा केही न केही इलिगल कामहरु भईरहेको हुन्छ । हुन सक्छ त्यहाँबाट केही आउने हो कि भनेर मुख्यमन्त्री जी को योजना होला वा जनतामा वाह वाही लुटनकोलागि यस्तो काम भएको हुन सक्छ । मुख्यमन्त्री जीले चुरे क्षेत्रकोलागि कति बजेट छुट्टियाउनु भएछ त्यसबारे आम जनतालाई पनि जानकारी हुनु पर्यो नि ।’

प्रकाशित मिति: २०८१ चैत्र २५, सोमबार ११:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको