काठमाडौँ केन्द्रित नेपाल शिक्षक महासङघको आन्दोलनको १८औँ दिनमा शनिबार नयाँ बानेश्वरस्थित सडक मै बसेर हाजिरी गर्दै तनहुँ जिल्लाबाट सहभागी शिक्षकहरु। शिक्षा ऎन ल्याउन र विभिन्न समयमा शिक्षक महासङ्गसँग सरकारले गरेका समझदारी कार्यान्वयन गर्न माग गर्दै गत चैत २० गतेबाट शिक्षकहरुले काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन् ।तस्बिरः नृपेन्द्र बहादुर मल्ल/रासस




