सिरहा प्रादेशिक अस्पतालमा तालाबन्दी



श्याम कुमार ठाकुर
सिरहा, वैशाख १२ । अस्पताल सुधारका लागि राखेको मागहरु पुरा नगरेको भन्दै सिरहाली युवाहरुले अध्यक्ष र मेसुको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

उनिहरुले प्रादेशिक अस्पताल सिरहाका अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्टको कार्यकक्षमा तालाबन्दी गरेका छन् । अस्पताल सुधार गर्नुपर्ने विभिन्न १७ बुँदे मागपत्र मेसु सुनिल कुशवाहालाई बुझाउँदै सिरहाली युवाहरूले माग पुरा गर्न तीन दिनको अल्टिमेटम दिएका थिए ।



तर माग पुरा नभएपछि युवाहरूको एक समूहले तालाबन्दी गरेका छन् । अस्पताल प्रशासनले आफूहरूले राखेको माग पुरा गर्न चासो नदेखाएकाले अध्यक्ष र मेसुको कार्यकक्षमा तालाबन्दी गरेको सिरहा नगरपालिका ६ का वडाध्यक्ष इन्द्रजीत यादवले जानकारी दिए ।

अस्पतालमा भइरहेको चरम भ्रष्टाचार, अनियमितता, बिरामीमाथि शोषण, राज्यको रकम हिनामिना, बिरामीले पाउनु पर्ने सेवा सुविधावाट वञ्चित साथै औषधी खरिदमा समेत कमिसनको चलखेल भइरहेको सिरहाली युवाहरूले आरोप लगाएको छ ।

प्रकाशित मिति: २०८२ बैशाख १२, शुक्रबार १२:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको