महोत्तरी एमालेका नेता माओवादीमा



जनकपुरधाम, वैशाख ३० । महोत्तरीको सम्सी गाउँपालिकाका नेकपा (एमाले) नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

उनीहरू लामो समयदेखि जनस्तरमा सक्रिय रहँदै आएका थिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ प्रवेशकर्ताहरूलाई पार्टीमा स्वागत गरेको सचिवालयले जानकारी दिएको छ ।



अध्यक्ष दाहालले नयाँ सदस्यहरूको आगमनले महोत्तरीमा पार्टीको संगठनलाई थप बलियो बनाउन महत्वपूर्ण योगदान पुग्ने बताएका छन् . उनीहरूको आगमनले महोत्तरीमा पार्टीको संगठन बलियो बनाउन थप ऊर्जा र उत्साह प्रदान गर्ने उनको विश्वास छ।

पार्टीमा प्रवेश गर्ने नेताहरूमा विनोद कुमार साह, बजन कुमार साह, किसोरी साह, सन्तोष कुमार साह र डा. कौशल कुमार साह रहेका छन् ।

प्रकाशित मिति: २०८२ बैशाख ३०, मंगलवार १६:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको