फोनबाटै “तलाक” पाएकी सनिजालाई काखे छोरा सहित निर्घात कुटपीट

घर निकालाको वातावरण बनाउन शौचालय समेतमा बालुवा गिट्टी भेरर अवरोध


राजविराज, जेष्ठ ६ । विवाह दर्ता र नागरिकताका लागी संघर्षरत एक महिला आफ्नै सासु र नन्दबाट कुटिएकी छन ।

सासु र नन्दबाट उनी मात्र होइन । उनका दुई वर्षिय छोरा समेत कुटिएका छन । अस्पतालको आकस्मिक कक्षको १४ नंं बेडमा भर्ना भई उपचारत सनिजाले आफु र छोरालाई यो अवस्थामा सासृु आयशा खातुन र नन्द मरियम खातुनले पुर्याई दिएको बताएकी छिन ।



उनका श्रीमान मो.आकुब विगत २ वर्ष देखी रोजगारीका सिलसीलामा कतारमा छन । सासुर नन्दले श्रीमान आकुबलाई झुठो कुरा पुर्याएर तलाकको अवस्थामा समेत पुर्याई दिएको उनले पीडा पोखेकी छिन । “न भएको अनर्गल कुराहरु सासु र नन्द मिलेर विदेशमा रहेका श्रीमानलाई पुर्याएपछि ९ महिना अघि फोनबाटै “तलाक” दिए, उनले भनिन,–विवाह दर्ता र नागरिकता बनाई दिन पटक/पटक आग्रह गर्दा आफुमाथी यसरी शारिरीक र मानसिक यातना दिन थालिएको हो ।”

उनले सासु र नन्द मिलेर आफुलाई घर निकाला गर्न अनेकौ प्रकारका दुःखःदिन थालेको सुनाईन । पछिल्लो पटक कुटपीट मात्र गरेनन, आफुले प्रयोग गर्ने घरको शौचालयमा समेत बालृुवा गिट्टी भरेर शौचालका लागी खुल्ला चउर मा जान बाध्य बनाए, उनले भनिन । उक्त घरमा सनिजा एक्लै वस्दै आएकी छिन । सासु भने गाउँ मै अर्काे ठाउँमा रहेको छोरी मरियमको घरमा वस्दै आएको उनले सुनाईन ।

भारतको विहार राज्य कुनौली ग्रामपञ्चायत डगमारा माइती भएकी सनिजाको २०७८ साल चैत्र ८ गते मो आकुब संग मुस्लिम धर्म परम्परा अनुसार मौलानाको उपस्तिमा विवाह (निकाहनामा) सम्पन्न भएको थियो । छोरीको विवाहमा आफुहरुले खेती योग्य जग्गा बेचेर नगद ५ लाख सहित बेचेर १५ लाख रुपैया खर्च गरेको सानी आमा नाजोले सुनाईन मंगलवार अस्पताल परिसरमा संचारर्कीहरु संग कुरा गर्दै आमा नजिराले भनिन “सासु आयशा र नन्द मरियम कै कारण छोरीलाई सम्बन्ध विच्छेद र कुटपीट गरी जीवन मरणको दोसाँधमा पुर्याइएको छ, अब कति सहनु ?”

उपचारका लागी काखे छोरा सहित अस्पताल भर्ना रहेकी सनिजाले विवाहको ३ वर्ष भन्दा बढी भइसक्दा पनि श्रीमानले विवाह दर्ता र नागरिकता न बनाई दिएको र सो बनाइ दिन फोनबाट पहलका लागी आग्रह गर्दा “किन हतार गरेको” भन्दै रिसाउने गरेको सुनाईन ।

सनिजाले विवाह भएपछी विवाह दर्ता र सन्तान जन्मिए पछि जन्म दर्ता गराई दिन माग गर्नु स्वभाविक भएपनि श्रीमान, सासु र नन्दले यसलाई अपराध गरे झै लिएको पीडा पोखीन ।

उनले विदेशमा रहेका श्रीमानलाई सासु र नन्दले मेरो बारेमा झुठो कुरा लगाएर भडकाउने गरेको र सो को प्रतिवाद गर्दा दुःख पाएको सुनाईन । उनले गत मंसिर १९ गते साँझ आफु गाउँको एक आफन्तको बैवाहिक कार्यक्रममा सरिक हुन गएका बेला नन्द मरियमले कोठामा रहेको दराजबाट सुनको सिक्री, टिका, नथुनी, औठी गरी करिब ५ तोला र चाँदीको १० तोलाको विभिन्न गरगहना चोरी गरी लगेको र सो बारे इलाका प्रहरी कार्यालय पातो र्हुँदै जिल्ला प्रहरी कार्यालय सम्म पुगेर उजुरी दिएको बताईन ।

उजुरी मार्फत घरमा चोरी गर्ने तथा आफुलाई तलाक सम्मको अवस्थामा पु¥याउनेहरुमाथी ठगी तथा आपराधीक विश्वासघात मुद्दा अन्तर्गत कारवाही हुनु पर्ने माग समेत गरेकी छिन । तर अहिले सम्म न्याय पाउन नसकेको उनको गुनासो छ । सनिजा संग अन्याय भएको भनेर ब्रह्मपुर टोलका मुस्लिम अगुवाहरुले साथ दिईरहेपनि हिंसा गर्नेहरुमाथी अहिले सम्म कुनै कारवाही नभएको आमा नजिराले पीडा पोखेकी छिन ।

छोरी सनिजामाथी लगातार एक पछि अर्काे हिंसा र तलाकको कुरा आएपछी आफुले सप्तरी जिल्ला अदालतमा अंश र मानाचामल मुद्दा हालेको बताउँदै उनले ज्वाईले छोरीलाइ फोनमार्फत दिएको तलाकनामा फिर्ता तथा उनी संगै सुरक्षित साथ वस्ने वातावरण मिलाई दिन पनि सम्बद्ध सरोकारवाला निकाय संग आग्रह गरेकी छिन । उनले छोरीलाई दुःख दिने विरुद्ध प्रहरीमा उजुरी हालेपछि पीडकलाई पक्राउ गर्ने आश्वासन पाइए पनि हाल सम्म उनीहरुलाई पक्राउ न गरिएको गुनासो समेत गरेकी छिन ।

यता सनिजाकी सासु आयशाले घरायसी विवादमा झै झगडा हुदाँ आफुलाई समेत चोट पटक लागेको दाबी गरेकी छिन । “झगडाको सूरुआत बुहारी सनिजाले नै गरेकी हुन उनले भनिन–आत्मरक्षाको क्रममा म आफै घाईते भएकी हुँ ।” उनले सनिजाले प्रयोग गर्ने शौचालयमा आफुहरुले बालुवा गिट्टी हालेर अबरुद्ध पार्ने कुनै प्रयास नगरेको दाबी समेत गरेकी छिन ।

फोनबाटै “तलाक” सनिजालाई कुटपीट प्रकरण बारे जिज्ञासा राख्दा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले दुबै पक्षलाई झिकाई समस्या समाधानको प्रयास थालिएको बताएका छन ।

उनले कुटपीट घट्नाको पनि अनुसन्धान भईरहेको र दोषी पाइएकालाई कानुन बमोजिम कारवाही गरिने दृढता समेत ब्यक्त गरे ।

प्रकाशित मिति: २०८२ जेष्ठ ६, मंगलवार १६:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको